
बा-आमाहरुलाई खानेकुरा खुवाउँदै बेलबारी जेसिजले मनायो कुशे औंसी
- २८ भाद्र २०८०, बिहीबार
कुशै औँसी अर्थात बुबाको मुख हेर्न दिन बेलबारी जेसिजले ज्येष्ठ नागरिकसँग बेलबारी जेसिज नामक कार्यक्रम आयोजना गरेर बृद्धबृद्धाहरुको मुख हेर्ने कार्यक्रम गरेको छ ।
बेलबारी १ स्थित ज्येष्ठ नागरिक भवनमा बिहीबार एक कार्यक्रम आयोजना गरी बेलबारी जेसिजले बुवाहरुको मुख हेरेको हो । सो अबसरमा बुवा आमाहरुलाई खानेकुरा पनि खुवाइएको थियो ।
जेसिज सप्ताहको पहिलो दिन सो कार्यक्रम सञ्चालन गरिएको बेलबारी जेसिजका अध्यक्ष ऐश्वर्य प्रसाद आचार्य (बिपिन) ले बताए । कार्यक्रम संयोजक जनम नेपालको संयोजकत्व र महासचिब पुष्पक सुवेदी (सियोम) को सञ्चालनमा भएको कार्यक्रममा बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधवराज थापा, शेषराज घिमिरे,बेलबारी वडा नम्बर १ का अध्यक्ष मणि पुलामी मगर लगायतको उपस्थिति थियो ।



