संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् ।
नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा बिजयी भएका हुन् ।
मत परिणाम अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी भए । कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका थिए ।
यसअघि पनि नेकपा एमालेले जितेको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको दुर्घटनामा निधन भएको थियो ।