
हाम्रो बारे
सन् २०१३ अर्थात बिक्रम सम्बत २०६९ सालतिर एउटा अनलाइन संचालनको आबश्यकता ठानेर शुरुवात गरिएको अनलाइनको नाम हो – संयन्त्र डटकम ।
बिक्रम सम्बत २०६४ सालबाट मोरङमा संयन्त्र साप्ताहिक नामक पत्रिका प्रकाशन गर्न थालेदेखि नै यसको इतिहास जोडिएको छ । मोरङ बेलबारीमा संयन्त्र संचार सहकारी खोलेर रेडियो बेतानाको स्थापना पनि हाम्रै टिमको अगुवाइमा भएको हो तर त्यो अलग्गै संस्था हो र यो अर्कै संस्था ।
पछिल्लो समय अनलाइनको नाम संयन्त्र डटकमलाइ परिमार्जन गर्दै पुर्वेली नेपाल डटकम बनाइएको छ । संयन्त्र मिडिया एण्ड बिजनेस प्रा. लि. द्वारा संचालित यो अनलाइनले विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई सुचना र मनोरंजन दिदै आएको छ ।
एउटा संचार माध्यमको रुपमा बिश्वभर छरिएर विभिन्न देशमा रहेका नेपालीहरुको पहुँच हुने गरी गाउँ, टोल, छरछिमेक र समाजमा घट्ने बिभिन्न घटना र परिस्थितिको जानकारी दिने मुलतः पुर्वी नेपाललाई फोकस गरी संचालन गरिएको एक शसक्त संचार माध्यम हो – purbelinepal.com । आशा छ यसलाई तपाईंको सधैं साथ र सहयोग रहिरहने छ – सम्पादक